IME Life New

सानिमा इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफा २ करोड ३० लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गत आर्थिक वर्ष असार २७ गते बुधबारबाट निर्जिबन बीमा ब्यबसाय संचालन गरेको सानिमा इन्स्योरेन्सले गत आर्थिक वर्ष २ करोड ३० लाख मुनाफा गरेको छ। गत आर्थिक वर्ष जम्मा ५ दिन मात्र कारोबार गरेको कम्पनीले १५ ओटा बीमालेख मार्फत करिब २ लाख ७४ हजार कुल बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीले चुक्ता पुंजीको रुपमा संकलित पूँजीलार्इ बैंकमा निक्षेपको ब्याज आम्दानीको कारणले ब्याज आम्दानीबाट कम्पनीले उल्लेख्य मुनाफा गर्न सफल भएको देखिन्छ।

Esewa
Crest

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा ८४ लाख २९ हजार रुपैयाँ र बीमा कोषमा १ करोड १५ लाख ९७ हजार रुपैयाँ राखेको छ ।

सानिमा इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। बीमा समितिले तोकेको एक अर्ब रुपैयाँको पूँजीको लागि कम्पनीले ३० करोड रुपैया आगामी आर्थिक वर्षमा सर्बसाधारणको लागि शेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS