IME Life New

साना किसान विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकले चलायो कैंची, घट्यो प्रतिफल, अरुको के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्तले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित लाभांशमा कैंची चलाएको छ।

संस्थाले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) थियो।

Esewa
Crest

प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकले पठाएको थियो। तर राष्ट्र बैंकले प्रस्तावित लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो।

राष्ट्र बैंकको निर्देशनसँग संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको । जसमा १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

उता युनिक लघुवित्त वित्तीय संस्थाले पनि उक्त आर्थिक वर्षको मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १ढ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश छन्। तर, उक्त आर्थिक वर्षको असार मसान्तसम्म यो संस्थाको खराब कर्जा अनुपात (एनपीएल) साढे ६ प्रतिशतभन्दा माथि रहेकोले प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत हुने सम्भावना कम रहेको राष्ट्र बैंक स्रोत बताउँछ।

‘युनिक लघुवित्तले लाभांश प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि पठाएको छ, फाइल अध्ययन भइरहेको छ’, स्रोतले भन्यो, ‘तर, यो लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गर्ने सम्भावना कम छ।’

हालसम्म उक्त आर्थिक वर्षका लागि ११ वटा लघुवित्त संस्थाले लाभांश प्रस्ताव गरेको छ। जसमा बाँकी १३ वटाको लाभांश १५ प्रतिशतसम्म रहेको छ। त्यसैले अन्य लघुवित्तको लाभांश १५ प्रतिशतसम्म रहेको राष्ट्र बैंकबाट रोकटोक हुने सम्भावना कम रहेको स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS