IME Life New

साना किसान विकास लघुवित्तको पौने ४ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पौने ४ लाख बढी कित्ता शेयर आज मंसिर २४ गतेबाट बिक्रीमा राखिएको छ।

एनआईसी एसिया बैंकको स्वामितवमा रहेको साना किसान विकास लघुवित्तको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा आउँदो पुस २९ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम एक हजार कित्ता शेयर र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र एनआईसी एसिया क्यापिटलको काठमाडौं थापाथलीस्थित कार्यालय, एनआईसी एसिया बैंकको काठमाडौं थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत तथा साना किसान विकास लघुवित्तका बिर्तामोड, इटहरी, बर्दिबास, हेटौँडा, गजुरी, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरियाबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS