IME Life New

साना किसान लघुबित्तले तीन महिनामा कमायो साढे १६ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिना अर्थात् चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ करोड ५४ लाख सात हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

असोज मसान्तसम्मको अवधिमा खुद ब्याज आम्दानी ११ दशमलव ९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४ दशमलव ५६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १५ दशमलव ९५ प्रतिशत र कर्जा २९ दशमलव २६ प्रतिशत बढेको छ।

Esewa
Crest

त्यस्तै, लघुवित्तको चुक्ता पुँजी २५ दशमलव १२ प्रतिशत बढेको छ भने जगेडा कोष १८ दशमलव ३५ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा नाफा बढे पनि लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ । तीन महिनामा प्रतिसेयर आम्दानी ५६ रुपैयाँबाट तीन रुपैयाँ १३ पैसा घटेर ५२ रुपैयाँ ८७ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३३ दशमलव ५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ४२ पैसा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS