IME Life New

साउन २४ बाट १००% हकप्रद ल्याउँदै हिमालय ऊर्जा, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । हिमालय ऊर्जा विकास कम्पनीले यही साउन २४ गतेबाट आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद बिक्री खुला गर्ने भएको छ। जसअनुसार कम्पनी १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद जारी गर्नेछ।

Esewa
Crest

कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ गत असार २० गते बुक क्लोज गरेको थियो। यसको अर्थ असार २० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले मात्रै यो हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको सफ्टवेयर ‘मेरो शेयर’बाट अनलाइन आवेदन पनि सकिने व्यवस्था गरिएको छ।
लगानीकर्ताले हकप्रद शेयरमा भदौ १२ गतेसम्म आवेदन दिन पाउनेछन्।

हिमालय ऊर्जाको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS