IME Life New

सहकारीका ऋणी सदस्यलाई साँवा-ब्याज समयमै भुक्तान गर्न ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाका ऋणी सदस्यलाई ऋणको साँवा–ब्याज भुक्तान गर्न ताकेता गरेको छ।

विभागले एक सूचना सार्वजनिक सूचना जारी गर्दै ऋणको साँवा–ब्याज भुक्तानी गर्न ताकेता गरेको हो। ‘सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको साँवाा तथा ब्याज चुक्ता नगर्दा केही संस्थामा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ’, सूचनामा भनिएको छ, ‘सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाका रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमै आफूले भुक्तान गर्नुपर्ने साँवाा तथा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्तामा नकारात्मक असर परेको छ।’

Esewa
Crest

त्यसैले सहकारी संस्थाका सम्पूर्ण ऋणी सदस्यहरुलाई प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी सम्झौता वा सर्तबमोजिम लिएको ऋणको साँवा र ब्याजलगायतका रकम सम्बन्धित सहकारी संस्थामा भुक्तान गर्न विभागले आग्रह गरेको छ। ‘समयमै ऋणको साँवा र ब्याज भुक्तान गरी जिम्मेवार सदस्यको दायित्व पूरा गरौँ’, सूचनामा भनिएको छ, ‘अन्यथा प्रचलित कानुनबमोजिम कारबाही भई जानेछ।’

यसका साथै सहकारी संस्थाहरुले समेत सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० बमोजिमका ऋण तथा बाँकी बक्यौता असुली गर्नेसम्बन्धी व्यवस्थाहरुलगायतका प्रचलित कानुनी प्रावधानहरुको पूर्ण परिपालना गरी आफ्ना सदस्यहरुको ऋण तथा बाँकी बक्यौता असुली गर्नेतर्फ थप क्रियाशील रहन विभागले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS