IME Life New

सवा ८ लाख कित्ता शेयर लिलामीमा राख्दै लिबर्टी इनर्जी, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको सवा ८ लाख बढी कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको छ।

कम्पनीको ८ लाख २६ हजार ५७४ कित्ता अवितरित हकप्रद शेयर आउँदो माघ २ गतेबाट बिक्रीमा राख्न लागिएको हो। कम्पनीले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको शेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।

Esewa
Crest

लगानीकर्ताले बोलपत्र पेस गदा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन।

बिक्रीमा राखिने शेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलका साथै प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, जावलालेख, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखामा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ ९ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS