IME Life New

सर्वोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्न पायो ‘ट्रिपल बि प्लस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं- सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि ‘ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ। इक्रा नेपालले गरेको इस्यु रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘इक्रा एनपि आइआर ट्रिपल बि प्लस’ प्राप्त गरेको छ। यस सूचकले यदि कम्पनीले समयमा वित्तीय दायित्व पुरा गरेको खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ।

कम्पनीले सर्वसाधारणका लागि बुक विल्डिङ विधिबाट ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारी स्वरुप यो रेटिङ गरेको हो। कम्पनीको माघ ६ गते बसको दोस्रो वार्षिक साधारणसभाले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ। कम्पनीले सर्वसाधारणमा लागि ६० लाख कित्ता शेयर बिक्री गर्न लागेको हो।

Esewa
Crest

१५ प्रतिशत प्राथमिक शेयर निष्काशन गरेर चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ। संस्थापक समूहतर्फ हाल तीन अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको शेयर हाल नेपाल स्टक एक्सचेन्जको अक्सन बजारमार्फत् समेत कारोबार हुँदै आएको छ।

कम्पनीले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्नका लागि कम्तिमा पनि तीन आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन संस्थागत लगानीकर्ताहरुलाई देखाउनु पर्छ। साथै न्युनतम तीन आर्थिक वर्षदेखि लगातार नाफामा देखिनु पर्छ। कम्पनी विगत ७ वर्षदेखि नाफामा रहेको कम्पनीले जनाएको छ।

कम्पनीले साधारणसभाबाट आइपिओ निष्काशनको अनुमति पाउने वित्तीकै नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको छ।

कम्पनीले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्न अहिलेसम्म कुनै पनि कम्पनीले प्रस्ताव गरेका छैनन्। बजारमा आफ्नो छुट्टै ब्राण्ड भ्यालु बनाएका कम्पनीहरुले आधार मूल्यमा थप प्रिमियम सहित आइपिओ निष्काशन गर्न चाहेमा नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधि कार्यान्वयनमा ल्याइसकेको छ।

कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि इस्यु रेटिङ सँगै ऋणको पनि रेटिङ गरेको छ। कम्पनीले ८ अर्ब ५० करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS