IME Life New

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ६५ करोड रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ७ प्रतिशतले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने १३ करोड ९५ लाख रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Esewa
Crest

लाभांश पारित गर्न कम्पनीले आफ्नो छैटौँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। कम्पनीले सभा यही पुस २६ गते रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ। सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको पुस १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS