IME Life New

सर्वोच्चका न्यायाधीशबीच बन्दीका बाहेक मुद्दा नहेर्ने सहमति, प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित मुद्दा सुनुवाइ प्रक्रियामा सहभागी नभएका न्यायाधीशबीच बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइमा सहभागी नहुने सहमति जुटेको छ ।

प्रधानन्यायाधीश जबराले असन्तुष्ट न्यायाधीशहरू इजलास फर्किएको भन्दै भोलि (मंगलवार)बाट नियमित पेसी तोक्ने तयारी गरिरहेका बेला न्यायाधीशहरूबीच यस्तो सहमति जुटेको हो ।

असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशबाहेकको इजलासमा बसेर बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्ने, बन्दीसँगै अन्य मुद्दाको पेसी तोकिए बन्दीको मात्र हेर्ने, अन्य नहेर्ने सहमति गरेका छन् ।

Esewa
Crest

बन्दीको मुद्दा हेर्ने सहमति गर्दै उनीहरूले प्रधानन्यायाधीश जबराबाहेकको इजलासमा मुद्दा सुनुवाइ गरेका छन् । भोलिबाट बन्दीका मुद्दामा निरन्तर सुनुवाइ गर्ने, प्रधानन्याधीशसँग बेञ्च सेयरिङ नगर्ने, बन्दीबाहेकका मुद्दा नहेर्ने हाम्रो आजको सहमति हो, अन्य विषयमा सल्लाह गर्दैछौं,’ न्यायाधीश हरिकृष्ण कार्कीले न्युज कारखानासँग भने ।

प्रधानन्यायाधीश जबराले भने मंगलवारबाट बन्दीसहितका सबै मुद्दामा पेसी तोक्ने तयारी गरेका छन् । तर, न्यायाधीशहरूले बनाएको वार्ता समितिले भने बन्दीबाहेकका मुद्दा हेर्न न्यायाधीशहरू तयार नभएकोे सन्देश जबरालाई दिइसकेको छ । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS