IME Life New

सर्वसाधारणले नगद झिक्न थालेपछि एटिएम मेशिनबाट तीन महिनामै बाहिरियो २ खर्ब ६० अर्ब रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली उपभोक्ताले बै‌ंक वित्तीय संस्थाको एटिएम मेशिनबाट तीन महिनामै २ खर्ब ६० अर्ब रुपैयाँ झिकेका छन् । नेपाल राष्ट्र बै‌ंकका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को पहिलो तीन महिनामा उपभोक्ताले एटिएम मेशिनबाट कूल २ खर्ब ६० अर्ब ८२ करोड ९ लाख रुपैयाँ भन्दा बढी रकम झिकेका हुन् ।

गत आव २०७९।८० को तुलनामा एटिएममार्फत् भएको कारोबार स‌ंख्या र नगद झिक्ने परिमाणमा पनि उल्लेख्य वृद्धि दर्ज भएको छ। राष्ट्र बैंकका अनुसार गत आवको असोजमसान्तसम्मको तुलनामा एटिएममार्फत् भएको कारोबार स‌ंख्या ९७ लाख २६ हजार पटकले बढेको छ। कारोबार स‌ंख्या बढ्दा एटिएमबाट झिकिएको नगद समेत ४८ अर्ब ७७ करोड ५० लाख ५७ हजार रुपैयाँले बढेको छ। प्रतिशतकै आधारमा गणना गर्ने हो भन्ने विश्लेषण अवधिमा एटिएम कारोबार स‌ंख्या झण्डै ४१ प्रतिशतले वृद्धि भएको छ। रकमको आधारमा एटिएम मेशिनबाट झिकिएको नगदको परिमाण २३ प्रतिशतले बढेको छ।

Esewa
Crest

राष्ट्र बै‌ंकका अनुसार वाणिज्य बैंक, विकास बैंक, मर्चेण्ट फाइनान्स र सहकारीले जारी गरेका एटिएम कार्डबाट एटिएम मेशिनबाट नगद झिक्नका लागि मात्र तीन महिनाको अवधिमा ३ करोड ३५ लाख ६० हजार ११८ पटक कारोबार भएको छ। एटिएम मेशिनबाट एकजना व्यक्तिले एउटा एटिएम कार्डबाट एकै पटकमा २५ हजार रुपैयाँसम्म र एक दिनमा बढीमा १ लाख रुपैयाँ सम्म मात्र नगद झिक्न मिल्छ ।

राष्ट्र बै‌ंकका अनुसार एटिएम मेशिनमा भएको कारोबार र झिकिएको रकमबीच तुलना गर्दा एकजनाले एक दिनमा औसत ७ हजार ७ सय रुपैयाँ झिक्ने गरेका छन् ।

राजनीतिक नेतृत्वले आशाको सञ्चार गर्न नसक्दा मुलुकको आर्थिक अवस्था सुदृढ हुने विश्वास नहुँदा सर्वसाधारणले बैंक वित्तीय संस्थामाथि मात्र भर पर्नुभन्दा आफैंसँग नगदै राख्न चाहेकाले पनि एटिएममार्फत् कारोबार स‌ंख्या र रकम दुबै उल्लेख्यरूपमा वृद्धि भएको हो । यसबाहेक सहकारी स‌ंस्थाहरूमा संकटका कारण पनि बैंकिङ प्रणालीमाथिको भरोसा डगमगाउँदा नगद झिक्न प्रेरित गरेको हुनसक्छ। सरकारले महँगी नियन्त्रण गर्न नसक्दा सर्वसाधारणको बचत क्षमता कमजोर बनेको छ, जसले मध्यम वर्ग समेतलाई बैंक खातामा भएको नगद झिकेर खर्च धान्नुपर्ने बाध्यतामा धकेलेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS