IME Life New

सर्भिस माण्डु, रिटेल सेवा र इक्यानबीच सम्झौता, बजारमुल्य भन्दा सस्तोमा सेवा पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० बीच सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीबिच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफुले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई बिशेष छुटमा उपलब्ध गराउनेछ। त्यस्तै सर्भिस माण्डु र रिटेल सेवाले इक्यान सदस्य तथा सँस्थाहरुलाई उधारो सुविधा तथा इन्स्ट्यान्ट सेवा दिनेछ।
सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए। उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए।

Crest


कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए । उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए। सर्भिस माण्डु र रिटेल सेवाले अहिले काठमान्डू उपत्यका भित्र आफ्नो सेवा दिईरहेपनि निकट भविष्यमा नेपालभर यो सेवा दिने योजना बनाएको सँस्थाका अध्यक्ष केसीले कार्यक्रममा जानकारी दिए। इक्यानमा आबद्द सँस्था र सदस्यलाई छुट र बिशेष सहुलियत भएपनि अन्य ग्राहकहरुले पनि बजार मुल्य भन्दा सस्तो र छिटो आफ्नो सेवा पाउने अध्यक्ष केसीले बताए।

कोभिड १९ को समयमा आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको र आगामी दिनमा पनि यो कार्यलाई थप गर्दै अगाडी बढ्ने समेत उनले बताए।

सर्भिस माण्डु र रिटेल सेवा कोभिड १९ का कारण लकडाउन भएको समयमा संचालनमा आएका संस्था हुन्। कोभिड १९ को कठिन परिस्थितिमा पनि सर्भिस माण्डु र रिटेल सेवाले कोभिड १९ सँग सम्बन्धित मास्क, सेनिटाइजर, थर्मल गनलगायतका सामाग्रीहरु उपलब्ध गराएको थियो भने ग्राहकहरुलाई घरघरमा आवश्यक सामग्री पुर्याएको थियो।

अहिले सर्भिस माण्डु र रिटेल सेवाले ग्राहकलाई आवश्यक परेका वस्तु अनलाइन सेवामार्फत ग्राहकको घरघरमा उपलब्ध गराउँदै आएको छ । यी दुई कम्पनीले कपडा, इलेक्ट्रोनिक्स, स्वास्थ्य, सौन्दर्यलगायतका सामाग्री उपलब्ध गराउँदै आएका छन्।

कार्यक्रममा पत्रकार ऋषि धमाला, इक्यानका पूर्व अध्यक्ष विष्णु हरि पाण्डे, इक्यानका उपाध्यक्ष शेषराज भट्टराई, कृष्ण केसी, महासचिव दिपक राज भुषाल, सर्भिस माण्डु र रिटेल सेवाका निर्देशक सुदीपचन्द्र बख्रेल, सर्भिस माण्डुका अर्का निर्देशक बैकुण्ठ ढुंगानालगायतको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन प्राइम टाइम टेलिभिजनकी समाचार वाचिका तथा कार्यक्रम प्रस्तोता सुष्मा केसी श्रेष्ठले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS