IME Life New

सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको सरकारले हेर्न चाहेको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्। ‘शेयर बजार अहिले उत्साहित छ। हामीले भन्ने गरेका छौँ शेयर बजार अर्थतन्त्रको एउटा ऐना हो। यसले हाम्रो अर्थतन्त्रको अवस्था प्रतिविम्बित गर्छ’, उनले भने, ‘यस हिसाबले सरकारले लिएका नीतिका कारणले गर्दा शेयर बजार उत्साहित छ। सँगसँगै हामी यो शेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौँ ।’

Esewa
Crest

शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत प्रबन्ध, संरचनागत प्रबन्ध र कतिपय प्रविधिको प्रबन्ध गर्न आवश्यक रहेको अर्थमन्त्री पौडेलले बताए। ‘त्यसतर्फ पनि सरकारको ध्यान गइरहेको छ’, उनले भने।

शेयर बजारका सम्बन्धमा अर्थमन्त्री, अर्थ मन्त्रालय र सम्बन्धित नियामक निकायको ध्यान खासगरी दुई पक्षमा जाओस् भन्ने सुझाव कतिपय प्राप्त भएको अर्थमन्त्री पौडेलले बताए। ‘शेयर कर्नरिङको अभ्यास नहोस्, इन्साइडर ट्रेडिङका कुरा नहोस् भन्ने सुझाव आएका छन्’, उनले भने, ‘लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझाव पनि दिनुभएको छ। यी सुझावप्रति सम्मान व्यक्त गर्न चाहन्छु र यसतर्फ अर्थ मन्त्रालयका सिरियस्ली ध्यान गएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS