IME Life New

सरकारी स्वास्थ्यकर्मीमाथि कडाइ, निजी स्वास्थ्य संस्थामा काम र विज्ञापन गर्न रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले निजी स्वास्थ्य संस्थामा काम वा विज्ञापन गर्ने सरकारी स्वास्थ्यकर्मीमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुधबार एक निर्देशन जारी गर्दै यस्तो चेतावनी दिएको हो। मन्त्रालयले मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई परिपत्र जारी गर्दै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको छ।

Esewa
Crest

परिपत्रमार्फत निजीमा काममात्रै नभई विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि मन्त्रालयले निर्देशन दिइएको छ।

कार्यालय समयमा सरकारी स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्थामा गएर काम गरेको र विज्ञापन गरी त्यस संस्थाको प्रचार–प्रसार गरेको गुनासो आएपछि सरकार कठोर बनेको हो। अबदेखि निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS