IME Life New

सम्पत्ति शुद्धीकरणको निगरानीमा ६ जीवन बीमा कम्पनी, बीमा समितिले पठायो सचेत पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएको जीवन बीमालेख उल्लेख्य परिमाणमा बिक्री गरेका छ वटा जीवन बीमा कम्पनीमा सम्पत्ति शुद्धिकरणको आशंकामा छानबिन गरिएको छ।

आम्दानीको श्रोत नखुले पनि ठूलो बीमांक र बीमाशुल्कको बीमालेख बिक्री गरेर अवैध श्रोतबाट आर्जन गरेको सम्पत्ति शुद्धिकरणमा सघाएको आशंकामा राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको निर्देशनमा बीचमा समितिले छानबिन गरेको हो। समितिले बीमा कम्पनीहरुलाई ७ दिने सचेत पत्र पठाएको एक निर्देशकले जानकारी दिए।

Esewa
Crest

एलआइसी नेपाल, नेपाल लाईफ, सूर्या लाईफ, यूनियन लाईफ, रिलायन्स लाईफ र आइएमई लाईफले बिक्री गरेका एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएको जीवन बीमालेख सम्बन्धमा छानबिन गरिएको हो।

एकल बीमाशुल्क भुक्तानी गरेर लामो समयका लागि बीमालेख जारी गरिएपनि तीस दिन पछि, एक वर्ष पछि, तीन वर्ष पछि कर्जा लिएको वा समर्पण गरेर पैसा झिकेको घटना धेरै भएकाले इकाई झस्किएको‌ हो।

जीवन बीमाको माध्यमबाट आर्जित रकम कानूनीरुपमा वैध ठहरिने भएकाले अवैध श्रोतबाट आर्जन गरेका व्यापारी वा सर्वसाधारणले एकल बीमाशुल्क तिर्न मिल्ने बीमालेखलाई माध्यम बनाएको आशंका छ।

५देखि २० वर्ष अवधिको‌ लागि जारी गरिएपनि एकमुष्ठ रुपमा सबै बीमाशुल्क तिर्न मिल्ने र प्रत्येक वर्ष तिर्नु‌ नपर्ने सुविधालाई एकल बीमाशुल्क भुक्तानीको सुविधा भनिन्छ।

बीमा कम्पनीले बीमाशुल्कवापत बीमितबाट प्राप्त हुने एकलाख रुपैयाँ वा त्यो भन्दा बढी रकम नगदमा स्वीकार्नु हुँदैन। चेक, विद्युतीय भुक्तानी माध्यम वा बैंक खातामा जम्मा गर्न लगाएर मात्र भुक्तानी लिनुपर्ने प्रावधान छ।

एक लाख रुपैयाँ वा त्यो भन्दा बढी बीमाशुल्क भुक्तानी गर्ने बीमितको बारेमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले अनिवार्यरुपमा राष्ट्र बैंक मातहत रहेको वित्तीय जानकारी इकाईमा नियमित प्रतिवेदन पेश गर्नुपर्छ ।

त्यही प्रतिवेदनको अध्ययनको आधारमा वित्तीय जानकारी इकाईले बीमा समितिलाई थप जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो।

इकाईले बीमालेखको प्रस्तावको अध्ययन र संलग्न प्रमाणका आधारमा बीमितको आम्दानीको श्रोत खुले नखुलेको, आम्दानीको श्रोत पर्याप्त रहे नरहेको, बीमितको वास्तविक पृष्ठभूमी र पहिचान खुले नखुलेको सम्बन्धमा‌ चासो राखेको छ।

साथै बीमाशुल्क वापतको रकम बैंकिङ प्रणालीबाट वा बाहिरबाट जम्मा गरिएको भन्ने पनि चासो राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS