IME Life New

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छिन् ।

समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन् ।

Esewa
Crest

परिषद्लाई डिजिटाइजेशन गर्नका निम्ति परिषद्को बोर्ड र कासले निर्णय गरेको भन्दै त्यसलाई अगाडि बढाउन समेत निर्देशन दिँदै मन्त्री चौधरीले आफूले गर्न खोजेको कार्यमा साथ दिन निर्देशन दिइन् । ‘परिषद्लाई अझ राम्रो बनाउनका निम्ति मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ’, मन्त्री चौधरीले भनिन, ‘हामीले परिषद्लाई डिजिटाइजेशनमा लैजाने भनेका छौँ । त्यसमा जानका निम्ति निर्णय भएका छन् । भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ । त्यसलाई अगाडि बढाउन लाग्नुस् ।’

समाज कल्याण परिषद्लाई नयाँ ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उनले मुलुक संघीय संरचनामा गइसकेपछि प्रादेशिक संरचनामा पनि जान जरुरी रहेको बताइन् ।

जति सक्दो सहज र छिटो छरितो तवरले सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने अपरिहार्यता रहेको भन्दै मन्त्री चौधरीले परिषद्को संरचनागत सुधारका निम्ति अगाडि बढ्न निर्देशन दिइन् । ‘अहिलेको आवश्यकता अनुसार प्रादेशिक संरचनामा जान जरुरी छ । त्यसरी जाँदा परिषद्को सेवा ग्रासरुटसम्म पुग्छ, मन्त्री चौधरीले भनिन, ‘परिषद्को संरचनागत सुधारका लागि अगाडी बढ्नुस्, त्यसका लागि यहाँहरूलाई म सहयोग गर्न तयार छु ।’

कर्मचारीको वृत्ति विकास तथा कार्य सम्पादन मूल्याङ्कनमा ध्यान दिन जरुरी रहेको भन्दै उनले कर्मचारीबिच विभेदजन्य व्यवहार हुन नहुने बताउनुभयो मन्त्री चौधरीले कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिइन्। ‘कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मुल्याङ्कन गरी बढुवाका लागि तत्काल प्रक्रिया अगाडी बढाउनुस्’, उनले भनिन, ‘कर्मचारीबिच विभेद नगर्नुस् । नयाँले पनि पुरानाहरूलाई कामहरू सिकाउनुपर्छ । उनीहरूलाई तालिमको व्यवस्थापन, वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्छ ।’

सबैले साथ दिएमा त्यो सफल हुने भन्दै उनले छुट्टै कर्मचारी नियमावली ल्याएर पनि कर्मचारीहरूको व्यवस्थापन गर्न सकिने बताइन् । मानव स्रोत व्यवस्थापन तोकेर कर्मचारी व्यवस्थापन गर्न आग्रह गर्दै मन्त्री चौधरीले आवश्यक तालिम, सेमिनार, गोष्ठीको व्यवस्थापन गर्न निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS