IME Life New

समस्याग्रस्त सहकारीमा थपियो गोरखा सेभिङ एन्ड क्रेडिट, अहिलेसम्म कतिवटा पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समस्याग्रस्त सहकारीको सूचीमा गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी पनि थपिएको छ।

ललितपुरको ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको असार ६ गतेको निर्णयबाट समस्याग्रस्त सहकारी घोषणा गरिएको हो। योसँगै समस्याग्रस्त सहकारीको संख्या २१ पुगेको छ।

Esewa
Crest

सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने गोरखा सेभिङले सहकारी ऐन, नियम, मूल्य, मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको पाइएकोले कारबाहीस्वरुप समस्याग्रस्त सहकारी घोषणा गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। यसका लागि सहकार विभागले पनि यो सहकारीलाई कारबाही गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो।

यो संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको पनि मन्त्रालयले जनाएको छ।

यसअघि समस्याग्रस्त घोषित सहकारीहरुको सूची

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS