IME Life New

६१ बर्षीय सभामुख महराद्वारा यौन दुर्व्यवहार ! कर्मचारीको डेरामा भेटियो चश्मा खुट्टा र जुत्ताको सुक्तला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरामाथि आफ्नै सचिवालयकी एक कर्मचारीले यौन व्यवहारको आरोप लगाएकी छिन् । ६१ बर्षिय महरा आईतबार साँझ रक्सीको बोत्तल लिई सचिवालयकी महिला कर्मचारीको डेरा काठमाडौस्थित तीन पुगेको र त्यहाँ उनले आम सर्वसधारणले सोच्न समेत नसक्ने दुव्र्यवहार गरेको आरोप पीडित महिलाले लगाएकी छिन् । पीडित महिलाले नयाँ बानेश्वर प्रहरी बृत्तलाई जानकारी गराउँदा समेत कुनै अनुसन्धान नगरेको गुनासो गरेकी छिन् ।

पीडित महिलालाई उध्रित गर्दै प्रकाशित समाचारमा महराले जबरजस्ती कुटपीट गरी आफूमाथि बलात्कार गरेको उल्लेख छ । अनलाईन समाचार संस्था हाम्रा कुरा डटकमका अनुसार सभामुख महराले बलात्कार गर्नुअघि एउटै ग्लासमा रक्सी खुवाएको र पछि जबरजस्ती गर्दा रोक्न नसकेको पीडित महिलाले जनाएकी छिन् ।

Crest
तस्विर सौजन्यः हाम्रा कुरा डटकम

पीडित महिलाले आईतबार राति नै नेकपा (नेकपा) सम्बद्ध महिला नेतृहरु पम्फा भुषाललगायतकाहरुलाई खवर गरेपनि कारवाही नगरेको गुनासो गरेकी छिन् । प्रहरी तथा महिला नेतृहरुलाई आफू बलात्कृत भएको जानकारी गराउँदै न्याय माग्दा समेत कुनै सुनुवाई नभएपछि सोमबार उनले केही सञ्चार माध्यमहरुलाई बोलाएर घटनास्थलको फोटो, रक्सीको फोटो तथा महराको फुटेको चश्मा तथा जुत्ताको सुक्तलाको फोटो सार्वजनिक गरेकी छिन् ।

यसैबीच, सभामुख कृष्ण बहादुर महराको सचिवालयले भने महरामाथि लागेको गम्भिर आरोपको खण्डन गर्दै संसद सचिवालयकी कर्मचारीले लगाएको आरोप झूठा भएको दावी गरिएको छ । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार साँझ जारी गरेको बिज्ञप्तिमा सभामुख महराले कसैलाई पनि दुव्र्यवहार नगरेको जनाइएको छ । उनले बक्तव्यमा भनेका छन्, ‘सभामुखज्यूको चरित्र हत्या गर्ने दुष्प्रयास भइरहेको छ, त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँदछु ।’

३० वर्षभन्दा पहिले विवाह गरेका महरा ति महिला कर्मचारीको डेरामा पुगेको तथ्य प्रारम्भिक घटना विवरणबाट देखिएको छ । चश्माको एउटा खुट्ट, सिसा अनि जुत्ताको सुक्तला समेत महिला कर्मचारीको तीनकुनेस्थित डेरामा पुगेको होइन भन्ने आधार देखिदैन । तर, महराको सचिवालयले उक्त कुराको खण्डन गर्दै उनको डेरामा नगएको र चश्माको एउटा खुट्टा नछुटेको दावी गरेको छ । सचिवालयको खण्डनले मात्रै आम सर्वसधारणले पत्याउन सक्ने अवस्था छैन । महिलाको शरीरमा रहेको निलडाम तथा महराले लगाएका सामान समेत त्यही छुटेको घटनाबाट तत्काल अनुसन्धान अघि नबढाए सिंगो सरकारमाथि नै नैतिक संकट आईपर्ने देखिएको छ ।

संसद सचिवालयमै काम गर्ने महिला सभामुखबाटै असुरक्षित हुन्छन् भने अन्य क्षेत्रको अवस्था कस्तो होला महिलाको सुरक्षाको विषयमा गम्भिर प्रश्न उठेको छ । नेपालको बैंक तथा वित्तिय क्षेत्रमा काम गर्ने महिलामाथि समय समयमा दुव्र्यवहारको घटनाहरु बाहिर आउने गरेका छन् । स्मरणरहोस्, केही अघि अग्रणी बैंकको पोखरा शाखामा पनि यस्तै घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS