IME Life New

सबैभन्दा कमजोर नेशनल हाइड्रोपावरको सेयर मूल्यमा किन दिन-दिनै सर्किट लाग्दैछ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये सबैभन्दा सस्तो नेशनल हाइड्रोपावरको सेयर मूल्य केहि दिनदेखि सर्किट लाग्दै आएको छ। एक वर्ष अगाडि कम्पनी शेयर मूल्य ५२ रुपैयाँ थियो। विगत एक साताको अवधिमा मात्रै कम्पनीको सेयर मूल्य २९ रुपैयाँले बढेको छ। बुधबार पनि सेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको हो।  अधिकतम बढ्ने क्रममा बुधबार कम्पनीको शेयर मूल्य १४५ रुपैयाँमा कारोबार भएको छ।

Esewa
Crest

कम्पनीको मुख्य प्रवद्र्धक रहेको सुनकोशी हाइड्रोपावर कम्पनीले प्रबर्द्धन गरेको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको अनुमति पत्र प्राप्त गरे सँगै सेयरमा उछाल आएको हो। यो आयोजनाको अनुमति पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेश अनुसार २०७१ पुस ३० गते उर्जा मन्त्रालयको सचिव स्तरिय निर्णयले खारेज गरेको थियो। यो आयोजनाको लाइसेन्स खोसिए सँगै यसका लागि भएको खर्चलाई कम्पनीले प्रभिजनिङ गर्नु परेको थियो। प्रोभिजनिङका कारण कम्पनीले जगेडा कोष धेरै  वर्षदेखि ऋणात्मक देखिदै आएको छ।

उर्जा मन्त्रालयले उक्त आयोजनाको पुनः बोलकबोल आह्वान गर्दा नेशनल हाइड्रोपावरले पुनः प्राप्त गरेको हो। लाइसेन्स प्राप्त गरे सँगै उक्त प्रोजिनिङको पैसा नाफामा देखाउन सक्ने छन्। उक्त नाफा आगामी आर्थिक त्रैकाशिको वित्तीय विवरणमा देखिने भएकाले लगानीकर्ताको ध्यान यस कम्पनीमा देखिएको हो।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार नाफा एक करोड ४ लाख रुपैयाँ रहेको छ। त्यस्तै जगेडा कोष ३५ करोड ७ लाख रुपैयाँले ऋणात्मक छ। लाइसेन्स पाए सँगै यस अगाडिको प्रोभिजनिङलाई नाफामा देखाउन मिल्ने र उक्त ऋणात्मक जगेडा कोष धनात्मक हुन सक्ने छ।

कम्पनीको १४.१४ मेगावाट क्षमताको लोअर इर्खुवा हाइड्रोपावरको पनि लाइसेन्स पाइसकेको छ। भोजपुर जिल्लमा रहेको यस आयोजनाको सुरुङ्ग उत्खनन् गर्ने काम अगाडि बढेको कम्पनीले जनाएको छ। कम्पनीले अर्को  माद्मे खोलामा १२.३० किलोवाट क्षमताको माथिल्लो माद्मे खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र लिई प्रविधिक अध्ययन गरेको छ। नयाँ आयोजनाका लागि लायसेन्स लिने तर निर्माण गर्न नसक्ने भएकाले कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढ्न सकेको छैन। तर कम्पनीले तल्लो इन्द्रावतीको लाइसेन्स प्राप्त गरे सँगै मूल्यमा उछाल आएको हो।

बुधबार सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीको सूचिमा नेशनल हाइड्रोपावर परेको छ। बुधबार कम्पनीको चौध ‎ लाख ४५ हजार कित्ता सेयर कारोबार भएको छ। कम्पनीको २० करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो। कम्पनीको सेयरमा ठुला ठुला खेलाडीले नै खेल्न थालेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS