IME Life New

सनराइज ब्लुचिप फण्डमा आवेदन दिन जति सबैले पाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज सामुहिक लगानी कोषले सञ्चालन गरेको ब्लुचिप फण्ड स्किमको बाँडफाँड भएको छ । फण्डमा आवदेन दिने जति सबैले प्राप्त गरेका छन् । यस फण्डका लागि ५६ हजार ५८ जनाले १२ करोड ३७ लाख ६४ हजार इकाईको लागि आवेदन परेको थियो ।
तर रितपुर्वक आवेदन दिनेको संख्या भने ५३ हजार १४४ जना मात्रै रहेको बिक्रि प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।

रितपुर्वक आवेदन दिने ५३ हजार १४४ जनाले ११ करोड ८६ लाख इकाईको लागि आवेदन दिएका थिए । सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम १०० कित्ता इकाई देखि ३०,००,००० इकाई सम्म माग गर्ने ५३,१७९ जना आवेदकहरुले माग गरे जतिको प्राप्त गरेका छन् ।

Esewa
Crest

त्यस्तै ५० लाख इकाई माग गर्ने ४ जना आवेदकले प्राप्त गरेका छन् । ४६ लाख ०५ हजार ०२६ इकाईको दरले र १० लाख इकाई माग गर्ने २ जना आवेदकहरुलाई ४६,०५,०२८ इकाईका दरले बाडफाँड गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS