IME Life New

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज कुमार श्रेष्ठ नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निरज कुमार श्रेष्ठ नियुक्त भएका छन् । जेठ २२ गते बुधबार बसेको बैंककोे सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार आगामी असार २ गतेदेखि कार्यभार सम्हाल्ने गरि सिईओ पदमा श्रोष्ठ नियुक्त भएका हुन् ।

आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकमा जेष्ठ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । सो पदमा बैंकले २२ दिनभित्रै नयाँ सिइओ नियुक्त गर्न सफल भएको हो ।

Crest

यसअघि सनराइज बैंकको सीईओको कार्यभार रत्नराज बज्राचार्यले सम्हालेका थिए । बज्राचार्यको चार वर्षे कार्यकाल सकिएपछि कामु सीईओको जिम्मेवारी आशा राणा अधिकारीले सम्हालेकी थिइन् ।

सन् १९८९ देखि बैंकिङ करियर शुरु गरेका श्रेष्ठले बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव संगालिसकेका छन् । श्रेष्ठ यस अघि माछापुच्छ्रे बैंकको सीईओ रुपमा कार्यरत थिए । माछापुच्छ्रे बैंकबाटै श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतका रुपमा डेब्यु गरेका थिए ।

श्रेष्ठले तत्कालीन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा ईस्वी सम्बत १९८९ बाट सेवा प्रारम्भ गरी करिब १३ बर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी उनले एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब ३ बर्ष जिम्मेवारी सम्हालेका छन् । तत्कालीन एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया बैंक लि.) मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेका थिए ।

त्यसैगरी श्रेष्ठले ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा र सो पश्चात माछापुच्छ्रे बैक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS