IME Life New

पुनर्निर्माणमा जुट्यो कामना सेवा विकास बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय पथरीलाई कार्यालय सञ्चालनका लागि कम्प्युटर हस्तान्तरण गरेको छ।

जेनजीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय पथरीका उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो। कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा तत्काल आवश्यक कम्प्युटर बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालले इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी तुलसी प्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन्।

Esewa
Crest

त्यस अवसरमा डीएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै आभार प्रकट गरे।

त्यसैगरी बैंकका प्रदेश प्रमुख भुषालले कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको उल्लेख गर्दै पथरीस्थित इलाका प्रहरी कार्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। उक्त हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकृतहरु, बैंकका कर्मचारीहरुको उपस्थिति थियो।

बैंकले आन्दोलनका क्रममा जलेर नष्ट भएको भूमिसुधार तथा मालपोत कार्यालय मोरङको कार्यालय मर्मतसम्भारसमेत गर्ने जनाएको छ। हाल जलेर नष्ट भएको विवरण संकलनको कार्य भईरहेको र विवरण संकलन पश्चात पुनर्निर्माणका लागि मालपोत कार्यालयसँग सम्झौतासमेत गरिसकेको छ।

बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनर्निर्माण तथा मर्मतसम्भार गर्नका लागि सहकार्य गर्नेसमेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS