IME Life New

सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २६ गते बुकक्लोज गर्दैछ। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १४ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

Esewa
Crest

सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियामावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले अन्य कम्पनीमा लगानी गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथ चालु आर्थिक वर्षका लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS