IME Life New

सगरमाथा इन्स्योरेन्सको सहकार्यमा सेलपे मार्फत कोरोना बीमा गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस विरुद्धको बीमा सुबिधा सेलपे मोबाईल वा वेब एप्लीकेशन मार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने जनाइएको छ । सेलपेसँग आबद्ध सगरमाथा इन्स्योरेन्स कम्पनीसंँगको सहकार्यमा यस्तो सुविधा ल्याएको हो ।

सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोविड९१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्नेछन्।

Esewa
Crest

यस अन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ र १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सकिने जनाइएको छ।

यस बीमाको समय अवधि कोरोना भाइरस विरुद्ध बीमा भुक्तानी गरेको १२ महिनासम्म कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सकिनेछ। ग्राहकहरुले १ लाख सम्मको कोरोना भाइरस बिरुद्ध बीमा गराउन सक्ने कम्पनीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS