IME Life New

संस्थागत लगानीकर्ताको सूचिमा विशाल ग्रुप सहित थपिए १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल धितोपत्र बोर्डले थप १० संस्थागत लगानीकर्तालाई अनुमति दिएको छ। बोर्डले मंगलबार थप १० वटा योग्य संस्थागत लगानीकर्तालाई सूचिकरण गरे सँगै ७४ वटा पुगेका छन्। मंगलबार उषा इन्भेष्टमेन्ट प्रा.लि, कुमारी बैंक, सनराइज बैंक, गुडविल फाइनान्स, युनाईटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावर, विशाल ग्रुप, श्री गणेश प्रोपर्टिज एण्ड एन्भेष्टमेन्ट प्रा.लि, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि र सिड इन्फ्रा प्रा.लिले स्वीकृती पाएका हुन्।

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि पछिल्लो समय संस्थागत लगानीकर्ताहरुलाई सूचिकरण गरिरहेको छ। यस विधिबाट प्राथमिक शेयर निष्काशन गर्दा संस्थागत लगानीकर्ताको भुमिका आवस्यक पर्छ। कुनै पनि कम्पनीले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्दा सबैभन्दा पहिला संस्थागत लगानीकर्ताहरुमा बोलकबोल गराइन्छ। उनिहरुले मूल्यमा बोलकबोल गरे पछि मात्रै सर्वसाधारणका लागि प्रिमियममा शेयर जारी गरिन्छ। कम्पनीको प्रिमियम मूल्य निर्धारणका लागि यस्ता कम्पनीको महत्वपुर्ण भुमिका रहन्छ।

Esewa
Crest

यस अगाडि धितोपत्र बोर्डले माघ २० गते १० वटा संस्थागत लगानीकर्ताहरुलाई स्वीकृती प्रदान गरेको थियो। संस्थागत लगानीकर्तामा अधिकाम्स बैंक तथा वित्तीय संस्था छन्। त्यस्तै मर्चेन्ट बैंकहरु बाहेक अन्य इन्भेष्टमेन्ट कम्पनीहरुले पनि अनुमति पाएका छन्।

संस्थागत लगानीकर्ता

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS