IME Life New

संविधान दिवसमा टेलिकमको अफरै अफर, डाटा र कल गर्दा छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले विशेष छुट योजना सार्वजनिक गरेको छ । नेपाल टेलिकमले असोज ३ गतेको संविधान दिवसको अवसरमा फोन तथा इन्टरनेट सुविधामा छुट अफर सार्वजनिक गरेको हो । विभन्नि अफरहरु सार्वजनिक गरेको छ ।

टेलिकमले बुधबार अनलिमिटेड युट्युब अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध उपलब्ध गराउने भएको हो । टेलिकमले यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

Esewa
Crest

टेलिकमले आज बिज्ञप्ति जारी गरी जनाए अनुसार अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको जनाइएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५५५ रुपैयाँमा उपलब्ध हुन टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS