IME Life New

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको साधारणसभाबाट आइपीओको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुपन्देहीको सुद्धोधन–४ स्थित श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको दोस्रो वार्षिक साधारणसभाबाट आइपीओ ल्याउने प्रस्ताव पारित भएको छ।

कम्पनीले मंसिर ३० गते बुटवल उपमहानगरपालिकामा सम्पन्न सभाले कम्पनीको कुल चुक्तापुँजीको १० प्रतिशत सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित पनि गरेको छ। सभाले कम्पनीका अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

Esewa
Crest

सभाले सञ्चालक समितिको अध्यक्षमा सतिशचन्द श्रेष्ठसहित ५ जना सदस्य रहने गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको छ। सञ्चालन समिति सदस्यका रुपमा मौसुमी श्रेष्ठ, कमलप्रसाद नेपाल, पोषकराज पौड्याल, रामकृष्ण खतिवडा र स्वतन्त्र सन्चालक सदस्यका रुपमा अमरबहादुर थिंगलाई निर्विरोध निर्वाचित गरेको छ।

सभाद्वारा निर्वाचित नयाँ सञ्चालकहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता विश्वास आचार्यले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए। त्यसअघि सम्पन्न साधारणसभामा कम्पनीसँग साझेदारी गर्ने उत्कृष्ट कृषक, कृषि सहकारी संस्था, साझेदारी संस्था तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा शुद्धोधन गाउँपालिककी उपाध्यक्ष शान्तादेवी ज्ञवाली, लुम्बिनी–प्रदेश कृषि सहकारी संघका अध्यक्ष गोपाल पौड्याल, कम्पनीका शेयरधनी तथा पूर्वराजदूत दुर्गेशमान सिंह, शेयरधनी वरिष्ठ उद्यमी गजेन्द्रबहादुर श्रेष्ठ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वाडे श्रेष्ठ र शिखर इन्स्योरेन्सका प्रमुख वित्तीय अधिकृत सुरज राजबाहाकलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS