IME Life New

श्रीनगर एग्रिटेकले आइपीओ ल्याउने, प्रिमियममा वा अंकित मूल्यमा जारी गर्नेमा भने अलमल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ ल्याउने भएको छ। तर, आइपीओ प्रिमियममा वा अंकित मूल्यमा ल्याउनेमा भने कम्पनी अलमलमा परेको छ। अब यसको निर्णय सञ्चालक समितिले गर्ने छ।

कम्पनीले विशेष साधारणभा भदौ ४ गते डाकेको छ। काठमाडौंको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजेबाट साधारणसभा सुरु हुनेछ।

Esewa
Crest

सोही साधारणसभाले आइपीओ निष्कासको एजेन्डा पारित गर्नेछ। तर, आइपीओ प्रिमियममा वा अंकित मूल्यमा ल्याउने निर्णय गर्ने अधिकार भने सञ्चालक समिति प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिका निर्णयहरु पनि अनुमोदन गर्नेछ। सभलो कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

सञ्चालक समितिको प्रस्तावबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS