IME Life New

शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदुर पश्चिम प्रदेश कार्यालय धनगढीले दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथिका रुपमा शैल्यशिखर नगरपालिकाकी उपप्रमुख शान्ती खडायत, बिशेष अतिथिका रुपमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री भोज राज भट्ट तथा अतिथिहरुमा वडाध्यक्षहरु, नगरकार्य समितिका सदस्यहरु अन्य उपस्थितिहरुमा नगर पालिकाका पशुशाखा प्रमुख, कृषि विकास शाखा प्रमुख, स्थानीय अगुवा कृषक, विभिन्न कृषि सहकारी सस्थाका प्रतिनिधिहरु, तथा अन्य कृषकहरु लगायत स्थानीयहरूको ८० भन्दा बढी सहभागिता रहेको थियो ।

Crest

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा सहायक निर्देशक प्रेम हरि पोखरेलले बीमा सम्बन्धि प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले कृषि बीमा गर्न कहाँ जाने र कोही पनि बीमा गर्न नआएको, निर्जीवन बीमा कम्पनीको शाखा कार्यालय स्थापना गर्न माग गरिएको, कृषि तथा पशुपन्छीबीमामा संघीय सरकार तथा प्रदेश सरकारले दिएको अनुदान समेत थाहा नभएको जस्ता गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरण यस प्रदेशमा स्थापना भएकोमा खुशि पनि व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले राखेका गुनासाहरुको जबाफ प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए ।

उक्त कार्यक्रममा शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्टले नेपाल बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम यस नगरपालिकामा ल्याएकोमा धन्यवाद व्यक्त गरेका थिए । नगरपालिकाले पनि बीमा सम्बन्धि नीति तथा कार्ययोजना बनाई लागू गर्नुपर्ने कुरामा जोड दिए ।

त्यसैगरी शैल्यशिखर नगरपालिकाकी उपप्रमुख शान्ती खडायतले बीमा प्राधिकरणलाई धन्यवाद ज्ञापन गरेकी थिइन। बीमा गर्नका लागि यस ठाउमा कुनै पनि बीमा कम्पनी नभएको हुँदा यहाँका मानिसहरुलाई बीमा गर्न पनि कठिनाई भएको कुरा व्यक्त गरेकी थिइन् ।

उनले बालिनाली तथा पशुपन्छीहरुमा नोक्सान हुदा नगरपालिकामा राहत माग गर्न आउने गरेको कुरा राखेकी थिइन । नगरपालिकाबाट पनि यहाँका कृषक तथा नगरबासिहरुलाई बीमामा समेट्नका लागि विभिन्न योजना बनाई लागू गरिने पनि जानकारी दिइन् । प्राधिकरणलाई यस्तो महत्वपुर्ण कार्यक्रम फेरि पनि यस नगरपालिकामा राख्न अनुरोध गरेकी थिइन् ।

कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले सहभागीहरूलाई यस कार्यक्रमबाट आफुले लिएको बीमा सम्बन्धि जानकारीहरुलाई अरुलाई पनि बुझाइदिनु हुन अनुरोध गरेका थिए । नगरपालिकाकी उपप्रमुख शान्ती खडायत समक्ष आमनागरिकहरुलाई बीमामा समेट्न नयाँ नयाँ कार्ययोजना ल्याउनु हुन अनुरोध गरेका थिए ।

साथै कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले यस ठाउँमा बीमा कम्पनीको शाखा कार्यालय खोल्नको लागि छिट्टै पहल गरिने कुरा पनि राखेका थिए । अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने शैल्यशिखर नगरपालिका परिवारलाई बिशेष धन्यवाद दिनुको साथै उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न कृषि सहकारी सस्थाका प्रतिनिधिहरु सहित सम्पूर्ण सहभागीहरुलाई र बीमा प्राधिकरणका कर्मचारीलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS