IME Life New

शेयर लगानीकर्ताको बीमा गर्ने ल्युब आयलको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले आफ्ना सबै सेयर सदस्यहरुको बीमा गर्ने निर्णय गर्दै २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोही साधारण सभाले लगानीकर्ताहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभामा नेपाल ल्यूब आयलका अध्यक्ष अरुण कुमार चौधरीले कम्पनीका सबै शेयर सदस्यहरुको कोभिड–१९ बीमा गर्ने घोषणा गरेका छन् । सो विषयलाई प्रस्तावको रुपमा लगेर पारित गरेको हो वा साधारणसभामा घोषणा मात्रै गरिएको हो भन्ने विषयमा कम्पनीले प्रष्ट पारेको छैन ।

Esewa
Crest

कम्पनीको साधारणसभामा ५३.१४ प्रतिशत प्रत्यक्ष उपस्थित भएको र बाँकी १५ प्रतिशत भर्चुअल माध्यम जुम एप मार्फत उपस्थित रहेको कम्पनीले जनाएको छ ।

साधारणसभामा कम्पनीका अध्यक्ष अरुण कुमार चौधरीले कोरोनाको कारण उत्पन्न जटिल अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवम् कम्पनीसंग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयरहोल्डरको समेत कोभिड १९ बीमा गर्ने घोषणा गरेको सो कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS