IME Life New

शेयर बजार ३००० माथि उक्लियो, कारोबार पनि उत्साहजनक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार ३००० माथि उक्लिएको छ। कारोबार खुलेको १८ मिनेटमै ४४ अंकले बढेर बजार परिसूचक नेप्से ३००१.७६ को विन्दुमा उक्लिएको हो।

आज बजार खुलेदेखि बढिरहेको छ। कारोबार पनि उत्साहजनक देखिएको छ। यो समाचार तयार पार्दासम्म पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ।

Esewa
Crest

अहिलेसम्म ३ वटा उपसमूहबाहेक अन्य ११ वटा उपसमूहमा हरियाली छाएको छ। अहिले बैंकिङ समूहमा सर्वाधिक चमक देखिएको छ।

अहिलेसम्म १७० कम्पनीको शेयरभाउ बढ्दा ६५ वटाको घटेको छ भने ६ वटा स्थिर रहेका छन्। अहिलेसम्म अपी पावरको सर्वाधिक कारोबार भइरहेको छ। अपी पावरको १३ करोड ६९ लाख रुपैयाँ बढीको शेयर किनबेच भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS