IME Life New

शेयर बजार २४०० माथि, आधा घन्टामै सवा २ अर्बको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार २४०० माथि उक्लिएको छ। आज कारोबार खुलेको आधा घन्टामै ३९.२१ अंकले बढेर २४०३.८५ को विन्दुमा उक्लिएको हो।

शेयर बजार लगातार उकालो लागिरहेको छ। आज इन्ट्राडेमै बजार २४०० माथि उक्लिएको हो। अहिलेसम्म २०८ कम्पनीको शेयरभाउ बढ्दा ३१ कम्पनीको घटेको छ। ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आधार घन्टामै बजारमा सवा २ अर्ब रुपैयाँको कारोबार भइसकेको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ। यो कम्पनीको ८ करोड ६३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। लघुवित्त समूह सर्वाधिक ३.४७ प्रतिशतले उकालो लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS