IME Life New

शेयर बजार १८.०६ अंकले घट्दा २०१ कम्पनीको घट्यो शेयरमूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ।

बजार आज १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा झरेको छ। आज २०१ वटा कम्पनीको शेयरभाउ घट्दा ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ। आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर १ अर्ब ३२ करोड रुपैयाँ बढीमा कारोबार भएका छन्। कारोबार हिजोको तुलनामा बढेको छ।

Esewa
Crest

घटेको बजारमा आज नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक ११ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोनापुर मिरल्सको ८ कराड रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५ करोड १९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

आज रुरु जलविद्युत परियोजनाका शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउ ५.६३ प्रतिशतले बढेको छ। एनआईबीएल प्रगति फन्डको इकाइमूल्य ३.८७ प्रतिशतले बढ्दा लक्ष्मी भ्यालु फन्ड २को इकाइमूल्य ३.५२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS