IME Life New

शेयर बजार तल्लो विन्दुमा हुँदा सर्वाधिक धेरै बढ्न सुरु गरेका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोस्रो बजारमा सूचिकृत कम्पनीको शेयर मूल्य हेर्ने हो भने एक दुई वर्ष यताकै सर्वाधिक कममा छ । हकप्रद र बोनस शेयरको बुक क्लोज पछि मूल्य समायोजन पछि पनि मूल्यमा भारी गिरावट आउदा कम्पनीको शेयर मूल्य धेरै नै कम छ ।

अर्को तर्फ नेप्से सूचक गत पुस महिनाको हाराहारीमा झरिसकेको छ । तत्कालिन पुसमा भन्दा अहिलेको अवस्थामा कम्पनीको शेयर मूल्य धेरै नै तल झरिसकेको छ । मूल्य तल्लो विन्दुमा रहेको अवस्थामा मंगलबार सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डो शेयर मूल्य ३०११ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

भर्खरै कारोबार सुरु भएको ग्रिन भेन्चरको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्ने क्रममा २९८ रुपैयाँ पुगेको छ । मंगलबार सर्वाधिक धेरै बढ्ने क्रमा शिवश्री हाइड्रोपावरको शेयर मूल्य ४.२९ प्रतिशतले बढेर २९२ रुपैयाँ पुगेको छ ।

हिमालयन उर्जा विकासको शेयर मूल्य पनि ३.८९ प्रतिशतले बढेर ३५० रुपैयाँ कायम भएको छ । ग्रिन लाइफ हाइड्रोपावरको ३८० प्रतिशतले बढेर ४०१ रुपैयाँ, नयाँ सारथी लघुवित्त ३.८० प्रतिशतले बढेर ९५५ रुपैयाँ, महालक्ष्मी विकास बैंक ३.३७ प्रतिशतले बढेर ४१४ रुपैयाँ, सानिमा माइ हाइड्रोपावर ३.६४ प्रतिशतले बढेर ३७० रुपैयाँ र राष्ट्रिय बीमा कम्पनी ३.६३ प्रतिशतले बढेर १६६९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS