IME Life New

शेयर बजार खुलेको १५ मिनेटमै ३ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार खुलेको १५ मिनेटमै ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

आज सुरुआती चरणमा शेयर बजार बढेको थियो। तर, यो समाचार तयार गर्दा (११ः१५ बजे)सम्म बजार ११.९९ अंकले घटेको छ। नेप्से २९८८.८२ को विन्दुमा रहेको छ।

Esewa
Crest

बजार घटे पनि कारोबारमा भने रौनकता देखिएको छ। बजार खुलेको १५ मिनेटमै ३ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ।

अहिलेसम्म ५६ कम्पनीको शेयरभाउ बढेको छ। भने १७७ कम्पनीको घट्दा ३ कम्पनीको स्थिर रहेको छ। अहिलेसम्म एनआरएन इन्फ्रास्ट्रक्चरको उच्च कारोबार भएको छ। यो कम्पनीको अहिलेसम्म २० करोड ८ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।

हाल राष्ट्रिय बीमा कम्पनी र सम्पदा लघुवित्तको शेयरभाउमा माथिल्लो सर्किट अर्थात १० प्रतिशतको बढोत्तरी भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS