IME Life New

शेयर बजारमा ६३.११ अंकको पहिरो,  किन घट्यो बजार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा ६३.११ अंकले घटेको छ । कारोबार सुरु भएको केहि समय हरियो देखिएको बजार विस्तारै रातोदेखिन थाले पछि नाफा बुक गर्नेहरु हाबी हुँदा बजारमा थामिन नसकेको हो । विगत एक वर्षदेखि बजारमा एकोहोरो सुधार भैरहेको छ ।

बजार सुधार सँगै लगानीकर्ताले एउटा पोर्टफेलियोमा कमाएको पैसा अर्को पोर्टफेलियोमा लगानी गर्ने ट्रेण्ड चलिरहेको छ । यसले गर्दा आज नाफा बुक सँग सँगै केहि हदसम्म पेनिक सेल पनि भएको बजार विश्लेषकहरु बताउछन् ।

Esewa
Crest

आफ्नै गतिमा सुधारिरहेको बजारमा धितोपत्र बोर्ड भिलेन बन्दा बजारमा पहिरो गएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको धारणा रहेको छ । बोर्डले अनावस्यक रुपमा हस्तक्षेप गर्न खोज्दा बजारमा यस्तो अवस्था शिर्जना भएको उनले बताए । उनले भने ‘बोर्डले अनावस्यक रुपमा ५१ वटा कम्पनीहरुको शेयरलाई लिएर हस्तक्षेप गर्न खोज्दा यस्तो देखियो ।’

नेपाल धितोपत्र बोर्डले गत साता दोस्रो बजारमा सर्वाधिक मूल्य बढेको भन्दै ५१ वटा कम्पनीको सूचि सार्वजनिक गरेको थियो । बोर्डको उक्त कदम पछि शेयर बजारमा करेक्सन देखिदै आएको छ । बोर्डको अदुरदर्शी निर्णयले आम लगानीकर्ता सिकार भएको अर्यालको धारणा छ । उनले भने ‘बोर्डले सचेत गराएका कम्पनी मात्रै होइन अन्य कम्पनीको पनि मूल्य त घट्यो ।’

दोस्रो बजारलाई बोर्डले नियमन गर्ने हो तर नियन्त्रण गर्न खोज्दा लगानीकर्ता मारमा परेको विश्लेषकहरु बताउछन् । आइतबार नेप्से सूचक २ दशमलब १३ प्रतिशतले घटेर २९०५.३२ अंकमा झरेको छ । बजारमा पहिरो जाना पनि ५ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । गुराँस फाइनान्स, नेशनल हाइड्रोपावर, रु रु जलविद्युत र तारागाऊको शेयर मूल्य मात्रै बढेको छ । बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ ।

आइतबार ८२ अंकसम्मले तल झरेकोमा अन्तिम समयमा लगानीकर्ताले सस्तो शेयर उठाउन खोज्दा केहि करेक्सन सहित ६२ अंकले मात्रै घट्यो । बजार विगत एक वर्षदेखि बुलिस ट्रेण्डमा छ । ११०० अंकको शेयर बजार ३००० अंक भन्दा माथि नाघिसकेको छ । यस क्रममा ठुला तथा विदेशी लगानीकर्ताले दोस्रो बजारमा कारोबार गरिरहेका छन् । पछिल्लो समय एनआरएनहरुको कारोबार हिस्सा २० प्रतिशत भन्दा माथि रहेको छ । साथै साथै कोभिड १९ का कारण सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गर्दा लगानीका ढोका बन्द भएका छन् । विदेशबाट सामान आयात गर्ने व्यापारीहरुले पनि दोस्रो बजारमै लगानी गरिरहेका छन् ।

यसले गर्दा बजार निरन्तर बढिरहेको छ । अनियन्त्रित रुपमा बढिरहेको शेयर बजारलाई बोर्डले रोक्न खोज्दा केहि दिनदेखि लगानीकर्ताहरु अन्योलमा छन् । तर लगानीकर्ताको मनोबल पनि उच्च नै रहेकोले बजार अहिले नै करेक्सन भैहाल्ने अवस्था नभएको विश्लेषकहरु बताउछन् । अझै पनि बाणिज्य बैंकहरुको शेयर अण्डर भ्यालु रहेको हुँदा बजार अझै बुल हुन बाँकी रहेको उनिहरुको धारणा छ । बाणिज्य बैंकको शेयर बढ्दा अन्य कम्पनीको पनि शेयर बढ्ने हुँदा नेप्सेले अझै उचाइ लिने उनिहरुको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS