IME Life New

शेयर बजारमा हुनुछ ‘हिट’ ! गर्नुहोस् यी ७ काम, अनि बर्सिनेछ पैसा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैलाई पैसा कमाउन मन हुन्छ। तर, विकल्प सीमित छन्। जेहोस्, प्राइभेट जागिरमा हुनुहुन्छ भने समय–समयमा आम्दानीका अन्य स्रोत जुटाउनुपर्छ। यस्तो अवस्थामा मानिसले शेयर बजारलाई दोस्रो विकल्पका रुपमा लिन सक्छन्।

पछिल्ला केही वर्षयता शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ। तर, सत्य यो पनि हो कि यहाँ सबैले पैसा कमाउन सक्दैनन्। तर, जसले शेयर बजारबाट पैसा कमाइरहेका छन्, उनीहरुको सफलताको रहस्य के हो भन्ने जान्न जरुरी छ।

Esewa
Crest

तपाइँले पनि केही सजिलो टिप्स अनुशरण गरेर शेयर बजारबाट पैसा कमाउन सक्नुहुन्छ। तर, पैसा कमाउने दौडमा कतिपय मानिसले नियम र जोखिम बिर्सन्छन् वा जानीबझी बेवास्ता गर्छन्। त्यसपछि तिनीहरु गुनासो गर्छन् कि शेयर बजारबाट पैसा कमाउन धेरै गाह्रो छ।

९० प्रतिशतभन्दा बढी कारोबारीले शेयर बजारबाट पैसा कमाउन नसकेको कटु सत्य हो। प्रत्येक लगानीकर्ताले शेयर बजारमा प्रवेश गर्नुअघि यो तथ्यांकलाई ध्यानमा राख्नुपर्छ। तर, यसमा एउटा राम्रो कुरा के हो भने १० प्रतिशत लगानीकर्ता नियमहरु पालना गर्ने भएकाले पैसा कमाउन सफल हुन्छन्।

यी कुरामा ध्यान दिनुहोस्

कसरी सुरु गर्नेः शेयर बजारमा लगानी गर्नुअघि शेयर बजार के हो भनेर जान्न प्रयास गर्नुहोस् ? शेयर बजारले कसरी काम गर्छ ? शेयर बजारबाट कसरी आम्दानी गर्ने ? किनकि शेयर बजार पैसा कमाउने मेसिन होइन। यो डिजिटल युगमा तपाइँ घरमै बसेर यसबारे अनलाइन जानकारी संकलन गर्न सक्नुहुन्छ। यसबाहेक तपाइँले यस मामिलामा वित्तीय सल्लाहकारको मद्दत लिन सक्नुहुन्छ। जसले तपाइँलाई सुरुमा सही दिशामा मार्गदर्शन गर्नेछ।

थोरै रकमबाट लगानी सुरु गर्नुहोस्ः शेयर बजारमा लगानी गर्नका लागि ठूलो रकम हुनु आवश्यक छैन। धेरैजसो मानिसले यो गल्ती गर्छन्। तिनीहरुले आफ्नो सम्पूर्ण बचत शेयर बजारमा लगानी गर्छन्। त्यसपछि उनीहरु बजारको उतारचढाव सहन सक्दैनन्। तपाइँले थोरै रकम अर्थात मात्र १ हजार रुपैयाँबाट पनि लगानी सुरु गर्न सक्नुहुन्छ।

राम्रा कम्पनी छनौट गर्नुहोस्ः सुरुमा धेरै उच्च प्रतिफलहरुमा ध्यान केन्द्रित नगर्नुहोस्। किनकि उच्च प्रतिफलको खोजीमा मानिसहरु आधारभूत रुपमा बलियो नभएका कम्पनीहरुको शेयरमा पैसा लगानी गर्छन् र त्यसपछि अड्किन्छन्। त्यसकारण ठूला पुँजी भएका कम्पनीहरुसँग प्रायः लगानी सुरु गर्नुहोस्। जुन आधारभूत रुपमा बलियो हुन्छन्। जब तपाइँसँग केही वर्षको अनुभव हुन्छ तब तपाइँ केही जोखिम लिन सक्नुहुन्छ।

लगानीमा रहनु आवश्यक छः जब तपाइँ थोरै रकमसँग लगानी सुरु गर्नुहुन्छ तब हरेक महिना लगानी बढाइरहनुहोस्। आफ्नो पोर्टफोलियो सन्तुलित राख्नुहोस्। जब तपाइँ केही वर्ष लगातार बजारमा लगानी गरिरहनुहुन्छ तब तपाइँ आफ्नो लक्ष्य प्राप्त गर्न सक्नुहुन्छ। बजारमा लामो समयसम्म लगानी गर्नेहरुले प्रायः फाइदा लिन्छन्।

सस्ता शेयरबाट टाढा रहनुहोस्ः लगानीकर्ताहरु प्रायः सस्ता शेयरमा ध्यान केन्द्रित गर्छन्। तिनीहरु आफ्नो पोर्टफोलियोमा १००–२०० रुपैयाँको शेयर समावेश गर्छन् र त्यसपछि गिरावटको अवस्थामा डराउँछन्। सस्ता शेयरमा कम लगानी गरेर बढी आम्दानी गर्न सकिन्छ भन्ने सोच्छन् तर यो सोच गलत साबित हुन्छ। सधैँ कम्पनीको व्यापार वृद्धिलाई ध्यानमा राखेर शेयर चयन गर्नुहोस्। त्यो कम्पनीमा मात्र लगानी गर्नुहोस्, जसको व्यवसाय राम्रो छ र त्यो व्यवसाय सञ्चालन गर्ने व्यवस्थापन राम्रो छ।

बजार घट्दा नआत्तिनुहोस्ः जहिले पनि शेयर बजारमा गिरावट आउँछ, आफ्नो लगानी बढाउनुहोस्। प्रायः लगानीकर्ता जबसम्म उनीहरुले कमाउँछन् तबसम्म लगानी रहन्छन्। तर, बजार ओरालो लागेपछि लगानीकर्ताहरु हैरान हुन थाल्छन् र ठूलो घाटा हुने डरले सस्तोमा शेयर बेच्छन्। जब कि ठूला लगानीकर्ता खरिदका लागि बजारको गिरावट पर्खिरहेका हुन्छन्।

आम्दानीको केही अंश सुरक्षित लगानी गर्नुहोस्ः शेयर बजारबाट भएको आम्दानीको केही अंश सुरक्षित लगानीका रुपमा अन्यत्र लगानी गर्नुहोस्। प्रत्येक लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको उनीहरु बिना जानकारी शेयर बजारबाट टाढा रहनुपर्छ र लगानी गर्नुअघि वित्तीय सल्लाहकारको मद्दत लिनुपर्छ।

नोटः यो शेयर बजारमा लगानी गर्नका लागि सिफारिस होइन। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमताका आधारमा बजार र कम्पनीहरुको अध्ययन गरेरमात्रै लगानी गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS