IME Life New

शेयर बजारमा सिजनल प्रभाव, तीन सातादेखि लगातार गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा फागुन र चैत महिनालाई अफ सिजनको रुपमा चिनिन्छ। हरेक वर्ष फागुन र चैत महिनामा दोस्रो बजारमा गिरावट हुने गरेको पाइन्छ। यसै क्रममा विगत एक वर्षदेखि लगातार उकालो लागिरहेको शेयर बजार फागुन ९ गतेदेखि घटिरहेको छ। यस अवधिमा नेप्से सूचक १८३ अंकले घटिसकेको छ।

सूचिकृत कम्पनीहरु मध्ये अधिकाम्स कम्पनीले माघ महिनासम्ममा साधारणसभा सम्पन्न गरिसकेका हुन्छन्। उनिहरुले यस अवधिमा लाभांस वितरण गरिसक्ने भएकाले फागुन र चैत महिनामा लगानीकर्ताको स्पेकुलेसन ‘अनुमान’ कम हुन्छ। साथै कम्पनीहरुले अर्को आर्थिक वर्षमा के कति लाभांस दिन सक्छ भनेर अनुमान पनि गर्न सक्ने अवस्था रहदैन।

Esewa
Crest

तर चैत मसान्त नजिकिदै गर्दा दोस्रो बजार पुनः सुधारको लयमा जाने गरेको पाइन्छ। चैत मसान्तको अन्तिम सातामा लगानीकर्ताले तेस्रो त्रैमाशिक व्याज तथा किस्ताको जोहो गरिसक्छन्। साथै तेस्रो त्रैमाशिक वित्तीय विवरणले आगामी वर्षमा कम्पनीले दिन सक्ने लाभांशको पनि पुर्वानुमान गर्ने गरिन्छ।

पछिल्लो तीन सातादेखि लगानीकर्ताहरुले नाफा बुक गरिरहेका छन्। बजार वुलिस ट्रेण्डमा रहे पनि यस अवधिमा अफ सिजनको भने प्रभाव देखिएको छ। बुधबार दोस्रो बजारमा तिव्र उतार चढाव देखिएको छ। उतार चढावकै विचमा नेप्से सूचक ३ दशमलब ४० अंकले गिरावट भएको छ। सूचकमा गिरावट देखिए पनि सेन्सेटिभ इन्डेक्स भने ० दशमलब ०२ अंकले मात्रै सुधार देखिएको छ। बुधबार ५३ वटा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ भने १०७ वटा कम्पनीको मूल्यमा गिरावट देखिएको छ।

बुधबार नेप्से सूचक २४५८ दशमलब ४९ अंक कायम भएको छ। सबैभन्दा धेरै चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो, नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य बढेको छ। नेपाल टेलिकमको शेयर आजसम्म किन्नेले ४० प्रतिशत नगद लाभांस प्राप्त गर्ने भएकाले सबैभन्दा धेरै ५५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ।

व्यापारको सूचक सबैभन्दा धेरै ८.१५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक १.०१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS