IME Life New

शेयर बजारमा यो साता १५% देखि ३५% सम्म रिटर्न दिएका कम्पनी कुन-कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारले २२.३१ अंक गुमाएको छ। बजार परिसूचक नेप्से यो साता ०.८१ प्रतिशतले घटेको हो। गत साता २७४९.५७ विन्दुमा बन्द भएको बजार यो साता २७२७.३६ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा १३ वटामध्ये ४ वटामात्रै बढेका छन् भने बाँकी ९ वटा घटेको छ। यो साता विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त समूहमात्रै बढेका हुन्। अरु समूह घटेका छन्।

Esewa
Crest

बजार घट्दा यो साता कारोबार रकम पनि घटेको छ। यो साता ५९ अर्ब ७७ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता ६४ अर्ब ३६ करोड १० लाख रुपैयाँको कारोबार भएको छ।

यो साता मार्केट फ्लोट क्याप घटेर १५ खर्ब २७ अर्ब २९ करोड रुपैयाँमा झरेको छ। अघिल्लो साता मार्केट फ्लोट क्याप १५ खर्ब ४० अर्ब ४ करोड रुपैयाँ थियो।

यो साता विन नेपाल लघुवित्तका शेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको शेयरभाउ ३५.७७ प्रतिशतले बढेको छ। अघिल्लो साता प्रतिकित्ता १६९४ रुपैयाँ रहेको विन नेपाल लघुवित्तको शेयरभाउ यो साता बढेर २३०० रुपैयाँ पुगेको छ।

यसैगरी दोस्रो धेरै रिटर्न दिने कम्पनीमा इस्टर्न हाइड्रोपावर रहेको छ। यो कम्पनीको शेयरभाउ २७.९६ प्रतिशतले बढेको छ। अघिल्लो साता प्रतिकित्ता ५४० रुपैयाँ रहेको इस्टर्न हाइड्रोपावरको शेयरभाउ यो साता बढेर ६९१ रुपैयाँ पुगेको छ।

यो आत्मनिर्भर लघुवित्त तेस्रो धेरै रिटर्न दिने कम्पनी बनेको छ। यो लघुवित्तले शेयरधनीहरुलाई २६.७२ प्रतिशत रिटर्न दिएको छ। गत साता प्रतिकित्ता ४०८० रुपैयाँ रहेको आत्मनिर्भर लघुवित्तको शेयरभाउ यो साता बढेर ५१७० रुपैयाँ पुगेको छ।

यस्ता छन् उच्च रिटर्न दिने अन्य ७ कम्पनी (बिहीबारको अन्तिम कारोबार मूल्यसहित)

  • एनएलजी इन्स्योरेन्सः १३२५ रुपैयाँ (२६.६७ प्रतिशत रिटर्न)
  • एक्सेल डेभलपमेन्ट बैंकः ६९० रुपैयाँ (१८.६६ प्रतिशत रिटर्न)
  • मानुषी लघुवित्तः १६४७.१० रुपैयाँ (१८.०६ प्रतिशत रिटर्न)
  • कर्पोरेट डेभलपमेन्ट बैंकः ९९१ रुपैयाँ (१६.५९ प्रतिशत रिटर्न)
  • समाज लघुवित्तः ३२६० रुपैयाँ (१६.४३ प्रतिशत रिटर्न)
  • सुपर माई हाइड्रोपावरः १११५.२० रुपैयाँ (१६.१७ प्रतिशत रिटर्न)
  • मातृभूमि लघुवित्तः १५६९.८० रुपैयाँ (१५.३४ प्रतिशत)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS