IME Life New

शेयर बजारमा बैंक र बीमा कम्पनीको हिस्सा ६३.२%, अरु सेक्टरको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बैंक र बीमा कम्पनीको हिस्सा ६३.२ प्रतिशत रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वषको ४ महिना कात्तिकसम्मको तथ्यांक अनुसार सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.२ प्रतिशत रहेको हो।

Esewa
Crest

यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२.६ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ।

नेप्सेमा कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड शेयर संख्याको चुक्ता मूल्य रु. ७ खर्ब ८१ अर्ब ३८ करोड रहेको छ। यो चार महिनामा रु. ३६ अर्ब १० करोडबराबरको साधारण शेयर, रु.३ अर्ब ८४ करोडबराबरको हकप्रद शेयर र रु.२ अर्ब ५४ करोडबराबरको बोनस शेयर गरी कुल रु.४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS