IME Life New

शेयर बजारमा जीवन बीमा कम्पनीको साढे आठ अर्बको लगानी, कुन कम्पनीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले शेयर बजार बजारमा मात्रै साढे ८ अर्ब हाराहारी लगानी गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरुले आफ्नो सम्पुर्ण लगानीको १.४५ प्रतिशत मात्रै गरेका छन् । जवकी जीवन बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार सूचिकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउछन् ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले २ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको छ । यस कम्पनीले म्युचुअल फण्डमा भने १७ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । शेयर बजारमा दोस्रो धेरै लगानी गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन छ । कम्पनीले एक अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ ।

Esewa
Crest

तेस्रो नम्बरमा रहेको प्राइफ लाइफले ९० करोड २७ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । चौथो नम्बरमा रहेको एशियन लाइफको ८० करोड ६१ लाख रुपैयाँ छ । पाँचौ नम्बरमा रहेको नेशनल लाइफको ५८ करोड १४ लाख रुपैयाँ देखिन्छ । नयाँ जीवन बीमा कम्पनी प्रभु लाइफले आफ्नो लगानीलाई शेयर बजारमा केन्द्रित गर्दै आएको पाइन्छ । कम्पनीले शेयर बजारमा मात्रै ३३ करोड ७२ लाख रुपैयाँ लगानी गरेको पाइन्छ ।

सूर्या लाइफको ३३ करोड १८ लाख, युनियन लाइफको ३२ करोड एक लाख, सन नेपाल १९ करोड ५७ लाख, राष्ट्रिय बीमा संस्थान १८ करोड ६५ लाख, रिलायबल नेपाल १५ करोड ५२ लाख, आइएमई लाइफको १३ करोड ९ लाख रुपैयाँ लगानी रहेको देखिन्छ । जीवन बीमा कम्पनी मध्ये मेट लाइफले शेयर बजारमा लगानी गरेको देखिदैन । त्यस्तै कम्पनीहरु मध्ये गुराँस लाइफको सबैभन्दा कम ६९ लाख २५ हजार रुपैयाँ मात्रै छ ।

बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ५ खर्ब ८३ अर्ब रुपैयाँ लगानी गरेका छन् । यो भन्नुको मतलब आजका दिनमा जीवन बीमा कम्पनीहरु सँग लगानीयोग्य रकम ५ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ । यसको अधिकाम्स रकम बीमा कम्पनीहरुले बैंक वित्तीय संस्थाको मुद्दती निक्षेप, ऋणपत्र तथा साधारण निक्षेपमा जम्मा गरेका छन् ।

बीमा समितिका अनुसार कम्पनीहरुले नेपाल सरकारको बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले बाणिज्य बैंकको मुद्दती निक्षेपमा मात्रै २ खर्ब ९० अर्ब रुपैयाँ लगानी गरेका छन् । नियम अनुसार बैंकहरुले यस्तो क्षेत्रमा न्युनतम पनि ४० प्रतिशत लगानी गर्नु पर्ने हुन्छ । तर यस क्षेत्रमा कम्पनीहरुको ४९ प्रतिशत लगानी गरेको देखिन्छ ।

पुर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले बीमा कम्पनीहरुलाई घरजग्गामा अधिकतम ५ प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था गरिदिए पनि हालसम्म नेशनल लाइफले मात्रै ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ ।

समितिले बीमा कम्पनीहरुलाई कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्रमा तोकिए अनुसार लगानी गर्न पटक पटक निर्देशन जारी गरे पनि यस क्षेत्रमा खासै आकर्षण देखिदैन । बीमा कम्पनीले यस क्षेत्रमा एक अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । यो जम्मा लगानीको जम्मा ०.२७ प्रतिशत मात्रै रहेको छ ।

कम्पनीहरुले म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा एक अर्ब ४ करोड रुपैयाँ लगानी गरेका छन् । म्युचुअल फण्डले आफ्नो इकाइ खरिदका लागि बीमा कम्पनीहरुलाई अनुरोध गर्ने गरेका छन् । सर्वसाधारणहरु म्युचुअल फण्डमा खासै आकर्षित हुन नसकेका कारण उनिहरुले बीमा कम्पनीहरुलाई खरिद गराउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS