IME Life New

शेयर बजारमा एनआरएन इन्फ्रास्ट्रक्चरबाट सुरु भयो नयाँ आयाम, सञ्चालकमा दोस्रो बजारका लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको शेयर बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टबाट नयाँ आयामको सुरुआत भएको छ। कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको हालीमुहाली अन्त्य गर्दै अधिकांश सञ्चालक दोस्रो बजार शेयर किन्नेहरुलाई इन्ट्री भएको हो।

कम्पनीको आज सम्पन्न १२ औँ वार्षिक साधारणसभाबाट सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। सञ्चालकमा निर्वाचित हुनेहरुमा सीताराम थपलिया, राजीवप्रसाद प्याकुरेल, तिलक कोइराला, विश्वराज नेपाल र दिनुका पोख्रेल छन्। दिनुका महिला सञ्चालकमा निर्विरोध चयन भएकी हुन्।

Esewa
Crest

साधारसभाले विमलकुमार भट्टराईलाई पनि सञ्चालकमा चयन गरेको छ। उनी संस्थापक समूहबाट चयन भएका एकमात्र उम्मेदवार हुन्। बाँकी सबै दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ता छन्।

कम्पनीमा यसअघि सीमित संस्थापकले हालीमुहाली गर्दै आएका थिए। सभामार्फत त्यस्ता सञ्चालकलाई पन्छाएर एनआरएन इन्फ्रास्ट्रक्चरको सञ्चालक समितिमा दोस्रो बजारबाट शेयर खरिद गर्ने लगानीकर्ता छानिएका छन्।

यो कम्पनीका मुख्य लगानीकर्ता एवं एनआरएनका पूर्वअध्यक्ष शेष घले छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS