IME Life New

शेयर बजारको ओरालो यात्रामा निरन्तरता, कारोबार पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार लगातार ओरालो लागिरहेको छ। नेप्से परिसूचक आज पनि १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा बन्द भएको छ।

आज नेप्से उपसमूहमा रहेका ५ वटा समूह उकालो लागेका छन् भने ८ वटा समूह ओरालो लागेका छन्। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.०६ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा सर्वाधिक १.६७ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

बजारमा आज ९२ कम्पनीको शेयरभाउ बढ्दा १३८ वटाको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

दोहोरो अंकले घटेको बजारमा आज इमर्जी नेपालका शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो कम्पनीको शेयरभाउ ८.७६ प्रतिशतले बढेको छ।

उता स्वाभिमान लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो लघुवित्तको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ।

आज बजारमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो कारोबार हिजोको तुलनामा कम हो।

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS