IME Life New

शेयर बजारः हाइड्रोको साढे ४ अर्बको कारोबार हुँदा अरु समूहको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आइतबार ६१.६१ अंकले बढेर २४८५.९४ को विन्दुमा बन्द भएको छ। आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा हरियाली छाएको छ।

आज व्यापार समूह सर्वाधिक ६.८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूह ०.६५ प्रतिशतले उकालो लागेको छ। करिब सवा १५ अर्ब रुपैयाँको कारोबार भएको आज जलविद्युत समूहका कम्पनीहरुको सर्वाधिक शेयर किनबेच भएको छ।

Esewa
Crest

तथ्यांकअनुसार आज जलविद्युत समूहको मात्रै ४ अर्ब ५० करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

कारोबारको हिसाबले दोस्रो बैंकिङ समूहमा रहेको छ। यो समूहका कम्पनीहरुको २ अर्ब ४० करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यसैगरी लघुवित्त समूहका कम्पनीहरुको १ अर्ब ३५ करोड रुपैयाँ, वित्त समूहका कम्पनीहरुको १ अर्ब २८ करोड ४९ लाख रुपैयाँ र विकास बैंक समूहका कम्पनीहरुको १ अर्ब ११ करोड ७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

लगानी समूहका कम्पनीहरुको ८६ करोड ६६ लाख रुपैयाँ कारोबार भएको आज उत्पादन तथा प्रशोधन समूहको ८४ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा समूहको ७६ करोड ७२ लाख रुपैयाँ, अन्य समूहको ६९ करोड ८७ लाख रुपैयाँ, निर्जीवन बीमा समूहको ५७ करोड ८१ लाख रुपैयाँ, होटेल तथा पर्यटन समूहको ५६ करोड १८ लाख रुपैयाँ, व्यापार समूहको १३ करोड १४ लाख रुपैयाँ र म्युचुअल फन्ड समूहको ४ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS