IME Life New

शेयर धितो मूल्याङ्कनको ७० प्रतिशत ऋण दिन राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सबै बैंकहरुलाई निर्देशन दिँदै शेयर धितो मूल्याङ्कनको ७० प्रतिशत ऋण दिन निर्देशन जारी गरेको छ ।
चालु आवको मौद्रिक नीतिमा शेयर धितोमा ऋणको सीमा बृद्धि गरेपछि राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गरेको हो । यसअघि शेयर धितो मूल्याङ्कनको ६५ प्रतिशत मात्रै ऋण दिन पाइने व्यवस्था थियो ।

शेयर धितोमा प्रवाह हुने कर्जाको हकमा सुरक्षण बापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १२० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

साथै नयाँ व्यवस्था अनुसार एक पटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न भने नपाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS