IME Life New

शेयर खरिदबिक्री गर्न उस्काउनेलाई कारबाही गर्ने धितोपत्र बोर्डको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर खरिदबिक्रीका लागि उस्काउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

धितोपत्र बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तर्वार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा बोर्डमा गुनासो तथा उजुरीहरु प्राप्त भएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैँले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको धितोपत्र बोर्डले स्मरण गराएको छ। ‘त्यसो गरेमा धितोपत्र कारोबारसम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्व रोक्न सूचित गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।

यो सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारबाही हुने धितोपत्र बोर्डले चेतावनी दिएको छ। ‘विगतमा समेत यस्ता किसिमको कामकारवाही भए नभएको सम्बन्धमा बोर्डले सूक्ष्म निगरानी गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुनबमोजिम कारबाही अगाडि बढाइने व्यहोरा समस्त लगानीकर्ताहरुलाई गराउँदै कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS