IME Life New

शेयर कारोबारमा उत्साह आएन, ३ अंक ऋणात्मक, साढे चार अर्बको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबारमा खासै उत्साह देखिएन । शेयर कारोबार साढे चार अर्बमा सीमित हुँदा नेप्से परिसूचक ३.५४ अंकले घटेको छ । राजनीतिक अस्थिरताका बीचमा शेयर बजारले खासै उत्साह भर्न सकेको छैन ।

नेप्सेमा मंगलबार एक करोड ८ लाख नौ हजार ६२५ कित्ता शेयर चार अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँमा खरिद बिक्री भएको हो । कारोबार सेन्सेटिभ पनि १.४७ अंकले ऋणात्मक देखिएको छ । मंगलबार कूल २०६ वटा कम्पनीको शेयर कारोबार भएको छ ।

Esewa
Crest

यसैबीच, गत आइतबारदेखि शेयर कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको जम्मा ३० कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार सुरु हुँदा न्यून मूल्य राखेर कारोबार सुरु भएकोले बिक्रेता नहुँदा प्रभु लाईफ इन्स्योरेन्सको शेयर कारोबार स्वतन्त्र रुपमा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS