IME Life New

शेयर कारोबारः सरकारी निकायमा कार्यालय समयमा टीएमएस चलाउन रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभरका सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयमा सेयर कारोबार गर्दा प्रयोग गरिने टीएमएस चलाउन नपाइने भएको छ। योसँगै अब सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबार गर्न नपाउने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयमा पत्र पठाउँदै कार्यालय समयमा सरकारी निकायहरुमा टीएमएस नचलाउने व्यवस्था गर्न निर्देशन दिएको हो। प्रादेशिक समन्वय महाशाखालाई सबै प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहमा रहेका सरकारी तथा सार्वजनिक निकायमा टीएमएस नचल्ने व्यवस्था गर्न पत्रमार्फत निर्देशन दिइएको छ।

Esewa
Crest

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि गरेको अनुगमनमा सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाएपछि यस्तो कार्य रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आग्रह गरेको थियो। आयोगले कार्यालय समयमा सरकारी स्रोतसाधनको प्रयोग गरी व्यक्तिगत कारोबार गर्न नमिल्ने गरी व्यवस्था गर्न भनेको थियो।

कार्यालय समयमा टीएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था गर्न कार्यालयले निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS