IME Life New

शेयरसंसारले सार्वजनिक गर्यो एस्एस्प्रो सफ्टवेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


विगत ८ वर्षदेखि नेपाली शेयरबजार सम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको र पोर्ट्फोलियो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयरसंसार डट कमले एस् एस् प्रो सफ्टवेयर सार्वजनिक गरेको छ। लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरू, लाइभ चार्ट सफ्टवेयर, वाचलीस्ट, पोर्ट्फोलियो जस्ता विशेषताहरू रहेको एस् एस् प्रो (SS Pro) सफ्टवेयरमा नेपालमै पहिलो पटक लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको छ।

Esewa
Crest

कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणहरुको विश्लेषण गरी दैनिक उतारचढाव हुने बजारमा कसरी जोखिम कम गर्न सकिन्छ, त्यसका लागि एस्एस्प्रोमा थुप्रै सुविधाहरू छन्। कम्पनीहरुले प्रकाशित नगर्ने तर लगानीको लागि महत्त्वपूर्ण हुने दर्जनभन्दा बढी वित्तिय अनुपातहरु, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरू, सामुहिक लगानी कोषहरूको खरिद(बिक्रीको विश्लेषण, ब्रोकरहरुको कारोबारको निरीक्षण, र कुन महिना कुन कम्पनी खरिद गर्दा जोखिम कम हुन्छ भनी देखाउने उपकरणहरु एस्एस्प्रोमा छन्, शेयरसंसारको ढल्को स्थित कार्यालयमा एस् एस् प्रो सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक सन्दीप बिक्रम राणाले भने । शेयर लगानीकर्ताहरुले आफ्नै विवेक प्रयोग गरी, बजारमा फैलाइ्एका हल्लाहरुमा नपरी राम्रो लगानीको योजना आफैँ बनाउन चाहिने सुविधाहरु सबै एस्एस्प्रोमा रहेको छ।

बजारलाई तलमाथि गर्न सक्ने विभिन्न तत्त्वहरूमा नियमित निरीक्षण गर्न नसक्ने लगानीकर्ताहरुको लागि पनि एस्एस्प्रोले नेपालमै पहिलो पटक बजारको विश्वाश मापन गर्ने “मार्केट कन्फिडेन्स मिटरू ल्याएको छ। अहिलेको बजारप्रति लगानीकर्ताहरूको विश्वाश कति छ भनी कन्फिडेन्स मिटरले ० देखि १०० सम्मको सीमामा देखाउँने कम्पनीले जनाएको छ ।


आफ्नो लगानीको अहिलेको मुल्य कति, अहिलेसम्म कति घाटा कति नाफा भयो, कति लाभांश आर्जन गरियो लगायतका विवरणहरुको लागि एस्एस्प्रोमा नै पोर्टफोलियो सफ्टवेयर पनि रहेको छ। यसमा आफ्नो लगानीका साथै आफ्नै घर(परिवारका अन्य सदस्यहरुको पनि शेयरमा गरिएका लगानीहरूको विवरण राख्न सकिन्छ। यतिमात्र नभई आफुसँग रहेको कम्पनीहरूको बजारमा अस्वभाविक रूपमा उतार(चढाव भएमा सोको जानकारी पनि एस्एस्प्रोले दिनेछ ।
एस्एस्प्रो सफ्टवेयर प्रयोग गर्न https://pro.sharesansar.com मा गएर १ वर्षको सदस्यता लिन सकिन्छ र जुनसुकै कम्प्युटर, ल्यापटप वा स्मार्टफोनबाट पनि प्रयोग गर्न सकिने कम्पनीले जानाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS