IME Life New

शेयरभाउ रु. २२ सय रहेको कुथेली बुखरी स्मल हाइड्रोको वित्तीय स्थिति कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा १ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा १०.३९ प्रतिशतले बढेको छ।

Esewa
Crest

कम्पनीले सञ्चालन मुनाफा २ करोड ३२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड १३ हजार रुपैयाँमा सीमित थियो।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १७.०६ प्रतिशतले बढेर ३ करोड ३७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले २ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी १२ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ७ करोड ४०लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२.९३ रुपैयाँ रहेको छ। पीई रेसियो ११६.७० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६१.९५ रुपैयाँ रहेको छ।

सोमबारको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको शेयरभाउ प्रतिकित्ता २२०८.१० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS